खाेज्नुहाेस

कञ्चनपुरमा एक महिला मृत फेला

Image

कञ्चनपुर– कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन । आईतबार जिल्लाको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी सम्झना भट्ट झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन ।

सम्झना घरभित्र झ्याल ढोकामा चुकुन लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घरको ढोका फोडेर सम्झनाको शव बाहिर निकालिएको थियो ।

attariya hospital
navjiwan hospital

प्रहरीले मृत फेला परेकी सम्झनाका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएको छ । सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरिरमा घाउ चोट समेत देखिएकाले मृतकका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

पवनले छोरिलाई पटक–पटक मानसिक तनाव र शारीरिक यातना समेत दिँदै आएको सम्झनाका बुवा भोजराज भट्टले बताए । छोरीको शङ्कास्पद मृत्यु भएकाले निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न उनले माग गरे ।

सम्झना र पवनबिच गत फागुन महिनामा प्रेम विवाह भएको थियो ।