खाेज्नुहाेस

निर्मला प्रकरणमा सीआइबीलाई गृहमन्त्रीको निर्देशन –गम्भीर अनुसन्धान थाल्नुस्

Image

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई निर्देशन दिएका छन् । आइतबार सीआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सूक्ष्म रूपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनै कसुर बाँकी नराख्न सीआइबीलाई निर्देशन दिएका छन् ।

‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु ।’ गृहमन्त्री लेखकले भने ‘नेपाल प्रहरीभित्र पनि सीआइबी प्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’ उनले सीमित स्रोत साधनका बिच प्रहरीमा सीआइबीले कार्य सम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सीआइबीलाई साधन स्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए ।

add everest academy
attariya hospital
navjiwan hospital

मुलुकमा पछिल्लो समय वित्तीय अपराध बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए । ‘प्रहरी प्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ’ उनले भने ‘प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतको भन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रूपमा बजेट बढी विनियोजन गरिएको छ ।’ प्रहरीभित्र सीआइबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उहाँले जिम्मेवारी पुरा गर्न प्रविधि, जनशक्ति लगायतका विकास गरिनेमा जोड दिए ।

सो क्रममा सीआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौती लगायतका विषयमा प्रस्तुति राखेका थिए । वरिष्ठ उपरीक्षक बोगटीले सीआइबीले निर्मला पन्त प्रकरणका साथै अरू घटना सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सीआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ् लगायत सीआइबीका कार्यरत प्रहरी अधिकारी सहभागी थिए ।

attariya technical collage