खाेज्नुहाेस

तामा खोज्न जङ्गल गएका कैलालीका टेक रोकाया ४ दिन देखि सम्पर्क विहीन*

Image

बनबेहडा –  तामा खोज्न जङ्गल गएका कैलालीको बनबेहडाका टेक बहादुर रोकाया ४ दिन देखि सम्पर्कविहीन भएका छन् । गौरीगंगा नगरपालिका–६ बनबेहडा बिजयनगर टोलका  २८ रोकाया तामा (बासकल्ला) खोज्न गएका बेला यही साउन १० गते देखि सम्पर्कविहीन भएका हुन ।

बिहान ८ बजे घरदेखि तामा खोज्न दुई जना अन्य व्यक्ति सँगै निस्किएका रोकाया चुरे गाउँपालिका–४ को तल्ला रौला जङ्गलबाट सम्पर्क विहीन भएको उनी सँगै गएका पूर्ण चौहानले बताए ।

attariya hospital

उनले भने ‘दिउँसो २–३ बजे पानीको प्यास लागेपछि हामी दुई जना पानी खान भनेर नजिकै पानीको मुहान तिर गयौ । टेक रोकाया त्यही बाँसको बोटनीर बसेका थिए । हामी पानी खाएर आउँदा सम्म उनी भेटिएनन् ।’ उनले खोजी गर्दा कतै नभेटिएपछि आफूहरू घरतिर आएको बताए ।

navjiwan hospital

४ दिनदेखि सम्पर्कविहीन रोकायाका घरपरिवारमा चिन्ता छाएको छ । उनको स्थानीयवासी, इलाका प्रहरी कार्यालय चौमाला र सशस्त्र प्रहरी बडिमालिका गण बनबेहडाको टोलीले खोजी गरिरहेको भए पनि उनी फेला परेका छैनन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बेपत्ता रोकायाको खोजी कार्य जारी रहेको बताए ।

* Update : चार दिन देखि सम्पर्क विहिन रहेका कैलालीका रोकाया मृत भेटिए