अत्तरिया – तामा खोज्न जङ्गल गएका कैलालीको बनबेहडाका टेक बहादुर रोकाया सम्पर्क विहिन भएको ४ दिन पछि मृत फेला परेका छन । गौरीगंगा नगरपालिका–६ बनबेहडा बिजयनगर टोलका २८ रोकाया तामा (बासकल्ला) खोज्न गएका बेला यही साउन १० गते देखि सम्पर्कविहीन भएका थिए ।

बिहान ८ बजे घरदेखि तामा खोज्न दुई जना अन्य व्यक्ति सँगै निस्किएका रोकाया चुरे गाउँपालिका–४ को तल्ला रौला जङ्गलबाट सम्पर्क विहीन भएकोमा मंगलबार सोही ठाउँमा मृत फेला परेका हुन ।

चुरे गाउँपालिका – ४ पनेरुवा शिविर माथी सिताखाली खोलामा घोप्टो परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रण बहादुर चन्दले बताए ।


















