खाेज्नुहाेस

अमिताभ बच्चन बने सबैभन्दा महंगा टीभी होस्ट

Image

मुम्बई– बलिउड अभिनेता अमिताभ बच्चन चाँडै नै आफ्नो हिट क्विज शो ‘कौन बनेगा करोडपति’ को १७ औं सिजनको साथ टीभीमा पुनरागमन गर्दैछन् । उनले सन् २००० मा केबीसी होस्टको रूपमा सुरुवात गरेका थिए ।

navjiwan hospital

तेस्रो सिजनबाहेक सबै सिजनहरू अमिताभ बच्चनले होस्ट गरेका थिए । तेस्रो सिजन शाहरूख खानले होस्ट गरेका थिए । तर, त्यो नराम्रोसँग फ्लप भएपछि अमिताभले नै केबीसीको जिम्मेवारी सम्हालेका थिए । यसपछि अमिताभले केबीसीको जिम्मेवारी सम्हाले । अब १७ औं सिजन आउन लागेको छ । उनले यसलाई पनि होस्ट गर्नेछन् । यो सिजन ११ अगस्ट २०२५ बाट प्रिमियर हुनेछ । यस सिजनसँगै अमिताभ सबैभन्दा धेरै कमाउने टीभी शो होस्ट बनेका छन् ।

attariya hospital

कष्बकबत।अयm को रिपोर्ट अनुसार अमिताभ बच्चनले ‘प्द्यऋ १७’ को प्रत्येक एपिसोडको लागि ५ करोड रुपैयाँ लिने भएका छन् । यो कार्यक्रम हप्तामा पाँच पटक आउने भएको छ । यसअनुसार,उनको साप्ताहिक आम्दानी २५ करोड रुपैयाँ हुनेछ । अर्थात्, उनले एक हप्तामा २५ करोड रुपैयाँ कमाउनेछन् । यससँगै,अमिताभ बच्चन भारतको सबैभन्दा धेरै कमाउने टिभी होस्ट बनेका हुन् । उनले सलमान खानलाई पनि पछि पारेका छन् । सलमान खानले होस्टिङबाट प्रति हप्ता २४ करोड रुपैयाँ कमाउने गर्छन् ।