खाेज्नुहाेस

पाँच किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिमका पाँच जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । कृषि क्षेत्रमा सक्रिय उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कृषि मन्त्री वीरबहादुर थापाले धनगढीमा एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरेका हुन । मङ्गलबार मन्त्रालयमा आयोजना गरिएको समारोहमा विभिन्न जिल्लाबाट छनोट भएका पाँच जना किसानलाई पुरस्कृत गरेको छ ।

navjiwan hospital

पुरस्कृत हुने कृषकहरूमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का केरा व्यवसायी किसान अर्जुन जेठारा सर्वोत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । जेठारालाई एक लाख ५० हजार राशिसहित प्रशंसा पत्र, माला तथा दोसल्ला ओढाएर पुरस्कृत गर्दै सम्मान गरेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–५ का मौरीपालक किसान किरणपाल भारती मौरीपालमा उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । भारतीलाई ७५ हजार रुपैयाँ राशिसहित प्रशंसा पत्र, माला तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

attariya hospital

त्यस्तै डोटीको आदर्श गाउँपालिकाका मुकुन्द अवस्थी तरकारी खेति,अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का कुलबहादुर साउद बाख्रा पालन, र कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ की भैँसीपालक किसान सरस्वती पाण्डेलाई पनि पुरस्कृत गरिएको छ । उत्कृष्ट कृषकको पुरस्कार प्राप्त गरेको तीनै जनालाई ७५ हजार, प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । प्रदेश सरकारले पुरस्कृत गरेपछि थप हौसला मिलेको उनीहरूको भनाइ छ ।