खाेज्नुहाेस

सुदूरपश्चिमको कुल गार्हस्थ्य उत्पादन ४ खर्ब २९ अर्ब हुने 

Image
अत्तरिया – सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन ४ खर्ब २९ अर्ब हुने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले शुक्रवार प्रदेश सभामा सुदूरपश्चिमको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन ४ खर्ब २९ अर्ब ६२ करोड हुने बताएका हुन । जुन कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनको ७.०३ प्रतिशत हिस्सा हो ।
add everest academy
attariya hospital
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन ४ खर्ब ६ अर्ब ७५ करोड रहेको थियो ।
attariya technical collage
navjiwan hospital
आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशको अर्थतन्त्र ३.३२ प्रतिशतले बिस्तार हुने अनुमान गरिएको छ । जुन ७ वटै प्रदेशको तुलनामा सबैभन्दा कम हो ।
Karma Consultancy
अघिल्लो आर्थिक वर्षमा कर्णाली भन्दा अघि रहेको सुदूरपश्चिमको आर्थिक वृद्धिदर यो वर्ष कर्णालीले सुदूरपश्चिमलाई उछिन्ने अनुमान छ ।
अघिल्लो आर्थिक वर्षमा कर्णालीको आर्थिक वृद्धिदर ३.२६ हुँदा सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.२८ रहेको थियो । चालु आवमा कर्णालीको आर्थिक वृद्धिदर बढेर ४.७४ प्रतिशत पुग्ने अनुमान गरिदा सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.३२ प्रतिशत मात्रै बढ्ने अनुमान छ ।