खाेज्नुहाेस

विश्व बजारमा ‘मिसन इम्पोसिबल ८’ आक्रामक

Image

काठमाडौं । टम क्रूज स्टारर ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ले विश्व बक्सअफिसमा प्रभावशाली ओपनिङ गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पहिलो सप्ताहन्तको ओपनिङ १९० मिलियन डलर (१९ करोड डलर) छ ।

navjiwan hospital

‘मिसन इम्पोसिबल’ सिरिजको अन्तिम श्रृंखला भएकाले पनि दर्शकमााझ यो फिल्म प्रतीक्षित छ । यो कमाइसँगै यो फिल्म सन् २०२५ मा धेरै कमाउने १० फिल्मको सूचीमा अटाएको छ ।

attariya hospital

क्रूजसँगै हेली एटवेल, भिङ राम्स, साइमन पेग, हेनरी जेर्नी र एन्जेला बासेट अभिनीत यो फिल्मले श्रृंखलाकै उत्कृष्ट ओपनिङ गरेको हो । अनुमानित ३०० देखि ४०० करोड अमेरिकी डलर बजेटमा बनेको फिल्मलाई अहिलेसम्मका महंगा हलिउड फिल्ममध्ये बताइएको छ ।

६४ अन्तर्राष्ट्रिय बजारमा मात्र फिल्मले रिलिजअघि नै प्रिभ्यू टिकट बिक्री गरेको थियो । क्रूजको अघिल्लो फिल्म ‘टप गन माभेरिक’ले ६२ अन्तर्राष्ट्रिय बजारबाट १२६ मिलियन डलर कमाएको थियो । चीनसहितका १५ ठूला विदेशी बजारमा फिल्म प्रदर्शन हुने तयारीमा छ । सोमबारसम्म फिल्मले विश्व बजारमा २०० मिलियन डलर कमाउने प्रक्षेपण छ । विश्व बजारमा फिल्मले १ बिलियन डलरभन्दा धेरैको लाइफटाइम कलेक्सन गर्ने विश्लेषण गरिएको छ ।