
डोटी – डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु छ । सोमबार साँझ पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर सोही ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमी ३६ वर्षीया अस्मिता ओली विष्ट पनि गम्भीर घाइते भएकी छन्। उनलाई थप उपचारका लागि धनगढी ल्याइएको छ ।

















