डोटी – डोटीमा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव फेला परेको छ ।


मंगलबार सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दिपायल सिलगढी नगरपालिका–१ सिरखोली बस्ने ९ वर्षीय अमित विकको शव फेला परेको हो ।
बुधवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैधनाथ बाहिनी मुख्यालय अत्तरियाबाट खटिएको गोताखोर सहितको टोलीले शव फेला पारेको प्रहरीले जनाएको छ ।
यसअघि वैद्यनाथ बाहिनी अत्तरिया हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ : सम्पादक













