काठमाडौं । स्थानीय बजारमा सुनको भाउ आज (मंगलबार) पनि ओरालो लागेको छ । अघिल्लो दिन सोमबार ३७ सयले घटेको सुन आज २ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । सोमबार एक तोला सुनको भाउ १ लाख ८६ हजार ८०० रुपैयाँ पुगेको थियो । त्यसअघि आइतबार प्रतितोला सुन १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी सुनको मुल्य घटे पनि चाँदीको भाउ भने वृद्धि भएको छ । आज एक तोला चाँदी १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको भाउ १ हजार ९६० रुपैयाँ पुगेको थियो ।

















