
काठमाडौं – नेपाली बजारमा सुनको मुल्य एकैदिन ५३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ५५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
