खाेज्नुहाेस

डोटीमा हाइस दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

Image

डोटी – डोटीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मङ्गलवार राती जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा हाइस दुर्घटना हुँदा बैतडी डिलासैनी गाउँपालिका–४ का ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

navjiwan hospital

कैलालीको धनगढीबाट बैतडीको पुर्चौँडीतर्फ जाँदै गरेको सुपप्र ०२००१ ज ०५६७ नम्बरको विद्युतीय हाइस अनियन्त्रित भई दुर्घटना भएको हो ।

attariya hospital

दुर्घटनामा ६ जना घाइते भएका छन । घाइते हुनेहरूमा बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय राम बहादुर नेगी, ६५ वर्षीया धना नेगी रहेका छन् ।

यस्तै गाडीका चालक बैतडी पुर्चौँडी नगरपालिकाका करिब २४ वर्षीय अशोक बम पनि गम्भीर घाइते भएका छन् । घाइतेहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।