खाेज्नुहाेस

सुनको मूल्य ५०० ले बढ्यो

Image
file photo

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० ले बढेको छ ।

navjiwan hospital

सोमबार प्रतितोला एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज ५०० ले बढेर एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

attariya hospital

चाँदीको मूल्य प्रतितोला रु एक हजार ९७० कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।