खाेज्नुहाेस

डिप्रोक्स लघुवित्तकी सदस्य श्रीषमगर सम्मानित

Image

अत्तरिया– डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाकी सदस्य कौशिला श्रीषमगरलाई सम्मान गरेको छ । संस्थाको २४औं स्थापना दिवसको अवसरमा उत्कृष्ट उद्यमीका रुपमा श्रीषमगरलाई सम्मानित गरिएको हो ।

navjiwan hospital

विरपुर शाखा अन्तर्गत केन्द्र नं. ०६४ की सदस्य उनलाई उत्कृष्ट उद्यमी द्धितिय पुरस्कार स्वरुप रु. २०,००० को चेक र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो ।

attariya hospital

समारोहमा श्रीषमगरलाई सम्मानीत गर्दै संस्थाका सहायक महाप्रबन्धक हेमकुमार काफ्लेले श्रीषमगरको उद्यमशीलता र सामुदायिक योगदानको सह्राना गरे । उनले महिला उद्यमीहरूको प्रोत्साहन र सशक्तिकरणका लागि डिप्रोक्स लघुवित्तले प्रयास गरिरहेको बताए । समारोहमा सम्मानित भएकी श्रीषमगरले सदस्यहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरिन् ।

कार्यक्रममा मुख्य कार्यालयका मुख्य प्रबन्धक ज्ञानेन्द्र अर्याल, प्रदेश प्रमुख वेदप्रसाद देवकोटा, अनुगमन अधिकृत राजनारायण ठाकुर तथा प्रदेशभरिका २० शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आ.व. २०८१÷०८२ को तेस्रो त्रैमासिक प्रगति विश्लेषण र आ.व. २०८२÷०८३ को बजेट र कार्यक्रम तर्जुमा विषयमा समृद्ध छलफल र तालिम दिइएको थियो ।