डोटी– डोटीमा मिनि ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान सु.प.प्र. ०१ ००१ ख ३४२८ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको हो ।

धनगढीबाट बझाङतर्फ जाँदै गरेको खाद्यान्न र खुद्रा सामान बोकेको सो मिनिट्रक भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका– १ गोल्डेनमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा परि मिनिट्रक चालक बझाङको बुङ्गल नगरपालिका– २ दहबगर बस्ने अन्दाजी ३२÷३३ वर्षीय अर्जुन धामी र अन्य दुई जनाको नाम थर पहिचान हुन प्रहरीले जनाएको छ । मिनिट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको बताईएको छ ।



















