खाेज्नुहाेस

डोटीमा गोली लागेर एक युवकको मृत्यु, १० जना पक्राउ

Image

डोटी – डोटीमा सिकार खेल्ने क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ । बडिकेदार गाउँपालिका – १ को बर्छेन जंगलमा सिकार खेल्न गएका बेला बिहीबार दिउँसो भरूवा बन्दुकको गोली लागेर बडिकेदार गाउँपालिका – २ का २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको प्रहरीले हो ।

navjiwan hospital

बडिकेदार गाउँपालिका – १ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किएर गोली चल्दा सार्कीको छातीमा गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेका सार्कीको घटनास्थलमा मृत्यु भएको थियो।

attariya hospital

प्रहरले घटनाको अनुसन्धानका लागि १० जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बन्दुक बोक्ने खड्का सहित २६ वर्षका खेम खड्का, ५२ वर्षका तारा सिंह खड्का, ३९ वर्षका तेजेन्द्र भाट, ४० वर्षका अमर शाह, ३१ वर्षका चक्र भाट, १८ वर्षका सुनिल बम,३७ वर्षका गणेश ब घर्ती मगर, ७१ वर्षीय मानबहादुर शाह र २६ वर्षीय जुलेश नामजाली मगर रहेका छन ।

उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।