खाेज्नुहाेस

सुनको मूल्य २७०० रुपैयाँ बढ्यो

Image
file photo

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो ।

navjiwan hospital

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । बुधबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

attariya hospital

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।