खाेज्नुहाेस

सेती नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला

Image
सांकेतिक फोटो
navjiwan hospital

डोटी– डोटीमा सेती नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ। शिखर नगरपालिका–४ बनोली बस्ने गणेश महराका १९ बर्षिय छोरा नरेश महराको शव फेला परेको प्रहरीले जनाएको छ।

महरा आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए। स्थानीय र प्रहरीको सहकार्यमा शुक्रवार खोलामै युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

attariya hospital