डोटी — बुधबार राती चट्याङमा परेर मृत्यु भएकाको परिवारलाई सायल गाउँपालिकाले राहत दिने घोषणा गरेको छ । गाउँपालिकाले चट्याङ लागेर मृत्यु भएकी गाउँपालिकाकै वडा नं. ६ दल्लेखकी ३३ वर्षिया कमला नागरीको परिवारलाई राहत स्वरुप ५० हजार दिने घोषणा गरेको हो ।

चट्याङ लागेर कमलाले ज्यान गुमाउनु परेको थियो भने उनका छोराछोरीसहित ७ जना घाईते भएका थिए । गाउँपालिका अध्यक्ष धर्म जोशीले यथाशीघ्र कार्यपालिकाबाट निर्णय गराइ राहत रकम उपलब्ध गराइने बताए ।


आमा कमलाको मृत्यु भएपछि ३ महिने शिशु सहित ५ बालबालिका अलपत्र परेका छन् । उनीहरू समेत चट्याङ लागेर सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।