
सीता बिष्ट, डोटी – डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना हुँदा बडीकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो ।
बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा स्थानीय जनजागरण सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्लीमगर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेको मूलीचौर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुुर्घटना पछि ट्रक चालक फरार रहेका छन ।
