अत्तरिया – जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो ।
शुक्रबार साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको हाे ।


भूकम्पको धक्का सुदूरपश्चिममा पनि महशुस गरिएको छ । शुक्रबार साँझ सुदूरपश्चिममा डोटी डडेल्धुरा कैलाली क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको हो ।
सुदूरपश्चिममा बिहिबार दार्चुला केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
आजको भूकम्पको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

















