खाेज्नुहाेस

सुनको मूल्य आज १ हजार ४ सयले बढ्यो

Image
file photo
navjiwan hospital

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सयमा कारोबार भएको सुन आज १ हजार ४ सय रुपैयाँले बढेर तोलामा १ लाख ७६ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० बढेर २ हजार ४० रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

attariya hospital