खाेज्नुहाेस

सुनको मुल्य २ सय रुपैयाँले बढ्यो

Image
file photo

काठमाण्डौ – सुनको मुल्य आज दुई सय रुपैयाँले बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले घटेको सुनको मुल्य आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

navjiwan hospital

हिजो सुन तोलाको एक लाख नौ हजार तीन सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । पछिल्लो तीन दिन स्थिर रहेको चाँदीको मुल्य आज बढेको हो ।

attariya hospital

आज १० रुपैयाँले बढेर चाँदी तोलाको एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको एक हजार नौ सय ८० रुपैयाँ थियो ।