खाेज्नुहाेस

सुनको मूल्य घट्यो

Image
file photo

काठमाडौँ – गत शुक्रबारको तुलनामा सुन र चाँदीको मूल्य घटेको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० र चाँदी तोलामा १५ ले घटेको हो ।

navjiwan hospital

शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

attariya hospital

यसैगरी, चाँदी प्रतितोला एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।