काठमाडौं – ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ परेका छ । बलात्कार मुद्दामा थुनामा रहेका दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका थिए ।

अछाम घर भएका १९ वर्षीय साउदलाई कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका साउदलाई ज्वरो आएपछि प्रहरीले चेकजाँच गर्न पाटन अस्पताल लगेको थियो । ‘शौचालय जान्छु’ भनेपछि प्रहरी कर्मचारीले हत्कडी खोलेर पठाउँदा उनि भाग्न सफल भएका थिए ।
ललितपुरको महालक्ष्मी नगरपालिका स्थित बोझेपोखरीमा अछाम घर भएका १७ वर्षीया किशोरीसँग उनि लिभिङ टुगेदरमा बस्दै आएका छन् । उनिहरुबाट एक महिनाअघि छोरी जन्मिएपछि किशोरीले जाहेरी दिएको प्रहरीले बताएको छ । साउद १७ दिनदेखी प्रहरी हिरासतमा थिए ।

















