खाेज्नुहाेस

घाँस काट्ने क्रममा भीरबाट लडेर डोटीमा एक महिला घाइते

Image
file photo
navjiwan hospital

डोटी– घाँस काट्ने क्रममा भीरबाट लडेर डोटीमा एक महिला घाईते भएकी छन । जिल्लाको केआईसिंह गाउँपालिका– ४ की ४० वर्षिया रम्बा देवी खड्का भीरबाट लडेर घाईते भएकी हुन ।

मंगलबार घरबाट करिब २ किलोमिटर टाढा रहेको केदारेश्वर सामुदायिक बनमा घाँस काट्न गएकी उनी घाँस काट्ने क्रममै भीरबाट लडेर घाईते भएको प्रहरीले बताएको छ । उनलाई उपचारको लागि राजपुरस्थित सुजङ अस्पतालमा पठाईएको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

attariya hospital