खाेज्नुहाेस

जोन अब्राहमको ‘द डिप्लोम्याट’ को ट्रेलर सार्वजनिक

Image

बलिउड अभिनेता जोन अब्राहम अभिनीत फिल्म ‘द डिप्लोम्याट’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

शुक्रबार टि–सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा एक भारतीय महिलालाई जबरजस्ती पाकिस्तानी पुरूषले विवाह गरेको प्रसंगलाई देखाइएको छ । फिल्ममा जोन अब्राहमले भारतीय राजनयिक जेपी सिंहको भूमिका निर्वाह गरेका छन् ।

attariya hospital
navjiwan hospital

यो सत्य घटनामा आधारित छ । शिवम नयरले निर्देशन गरेको फिल्मलाई जोन अब्राहम, सडिया खतेब, कुमुद मिश्रालगायत कलाकारको अभिनय छ । फिल्मलाई भूषण कुमार, कृष्ण कुमार, जोन अब्राहम, विपुल डी शाह, अश्विन वर्दे, राजेश बहल (वाकाओ फिल्म्स), समीर दीक्षित, जतीश वर्मा, राकेश डांगलगायतले निर्माण गरेका हुन् । यो फिल्म मार्च ७ देखि हलमा प्रदर्शन हुनेछ ।

भिडियो–

maya metro hospital