खाेज्नुहाेस

‘मेरी बास्सै’मा पुनः देखिए धुर्मुस

Image

काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ टिभीश्रृंखला ‘मेरी बास्सै’मा पुनः देखा परेका छन । केही दिनअघि उनले सिरियल छायांकन गरे ।

navjiwan hospital

धुर्मुसको पहिरनमा देखिएका उनले ६ वर्षपछि सिरियलमा फर्किएको जनाएका छन् । फेसुबकमा छायांकन सेटका तस्वीर सेयर गरेका छन् । रामचन्द्र अधिकारी ‘काजी साब’, सुरविर पण्डित ‘दाह्री बुढा’ लगायतका कलाकार पनि सेटमा छन् ।

attariya hospital

धुर्मुसले अभिनय गरेको एपिसोड प्रसारण हुन बाँकी छ । सीतारामले ‘मेरी बास्सै’को अभिनयमा पुनरागमन भने गरेका होइनन् । शिवरात्रीमा रिलिज तयारीमा रहेको आफू अभिनित लाज शरणम्’ प्रवर्द्धनको लागि उनी ‘मेरी बास्सै’मा देखिएका हुन् ।

कुमार कट्टेल निर्देशित फिल्मले पछिल्लो साता लोकप्रिय टिभी श्रृंखलामा कलाकार पठाएर फिल्मको प्रवर्द्धन गरिरहेको छ । सीतारामलाई ‘मेरी बास्सै’ सिरियलले धुर्मुसको भूमिकामा चिनाएको हो ।