गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । लोकप्रिय गायिका एलिना चौहानले पतिसँग सम्बन्ध विच्छेद गर्न काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । उनले पति विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध टुङ्ग्याउन कानुनी प्रक्रिया अघि बढाएको जनाइएको छ ।

maya metro hospital

चौहानले अदालतमा दिएको निवेदन अनुसार, उनीहरूबीच २०८१ साल वैशाख ५ गते प्रेम सम्बन्धका आधारमा विवाह भएको थियो । विवाहपछि दम्पती अस्ट्रेलिया गएका थिए, तर केही समयपछि नेपाल फर्किएपछि सम्बन्धमा गहिरो खटपट देखिएको उल्लेख गरिएको छ ।

citizen security services

गायिका चौहानले पतिले बारम्बार चरित्रमाथि शंका गर्ने, कलाकारितामा संलग्न भएकाले राति अबेरसम्म कार्यक्रममा बस्नुपर्दा अप्ठ्यारो पार्ने, मानसिक तनाव दिने र विश्वास नगर्ने प्रवृत्तिका कारण वैवाहिक सम्बन्ध असहज बनेको उल्लेख गरेकी छन् । त्यसैले आफूले अंश नलिने सर्तसहित कानुनी रूपमा सम्बन्ध विच्छेद गर्न निवेदन दिएको उनको भनाइ छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.