खाेज्नुहाेस

‘लाज शरणम्’ को टिजर सार्वजनिक (भिडिओ)

Image

लोकप्रिय हास्य टेलिशृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिचर फिल्म लाज शरणम् को टिजर सार्वजनिक भएको छ। यसअघि सार्वजनिक पोस्टरले दर्शकमाझ राम्रो चर्चा पाइसकेको अवस्थामा बिहीबार फिल्मको पहिलो झलक दर्शकसामु ल्याइएको हो।

१ मिनेट ५१ सेकेन्डको यो टिजरले कथावस्तुको झल्को दिन्छ। टिजरमा प्रमुख कलाकारहरूको प्रस्तुति देख्न सकिन्छ, जसमा कुमार कट्टेल (जिग्री)को निर्देशनमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राईलगायतका कलाकार छन्।

attariya hospital
navjiwan hospital

लाज शरणम् जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको हो। नवीन श्रेष्ठ निर्माता रहेका यस फिल्मको कथा कुमार कट्टेलले लेखेका छन् भने पटकथा कुमार र दीपक आचार्यले तयार पारेका हुन्। सिनेमाटोग्राफी सुदीप बरालले गरेका छन्।

राम नरेश शाह र श्रीजना खड्का सह-निर्माताको रूपमा रहेका छन् भने अर्जुन घिमिरे (पाँडे) कार्यकारी निर्माताको भूमिकामा छन्। महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट फिल्म देशभर प्रदर्शनमा आउने छ।