अत्तरिया – कैलालीबाट प्रहरीले ३ लाख ८६ हजार ८८० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । शनिबार कैलालीको कैलारी, धनगढी र जोशीपुरबाट भारतबाट भन्सार छली ल्याएको अवैध सामान बरामद गरिएको हो ।

कैलारी गाउँपालिका – ४ के गाउँबाट २ लाख १ हजार बराबरको छिद्रा माछा, किरानाका सामाना र सुर्तिजन्य पदार्थ फेला पारेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

त्यसैगरी धनगढी उप–महानगरपालिका – ९ स्थित त्रिबेणीघाट र धनगढीगाउँबाट १ लाख २२ हजार ५८० रुपैयाँ बराबरको किरानाका सामान फलामको साङल र पाउडर दुध फेला पारेको छ भने जोशीपपुर गाउँपालिका – १ बाट २० हजार बराबरको छिद्रा माछा, जुत्ता, चप्पल र मोजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उक्त सामान वेवारिसे अवस्थामा फेलापारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भईरहेको प्रहरीको भनाइ छ ।

















