कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकस्थित पूर्वपश्चिम राजमार्गमा विङ्गर र मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। विङ्गर (सु.प.प्र. ०२–००१ ज ०४१७) र मोटरसाइकल (से ४ प १६६१) शनिबार बिहान दुर्घटनामा परेका हुन्।

मोटरसाइकल चालक पुष्पराज चौधरी र पछाडि सवार सन्तोष चौधरी गम्भीर घाइते भएका छन । उनीहरूको माया मेट्रो अस्पताल, धनगढीमा उपचार भइरहेको छ। यस्तै मोटरसाइकलमा सवार नारदमुनी राना र विङ्गरमा सवार जयबहादुर कुँवर पनि घाइते भएका छन्।

प्रहरीले विङ्गर चालक पदमबहादुर बोहरालाई नियन्त्रणमा लिएको जनाएको छ ।

















