काठमाडौँ- बलिउड सुपरस्टार सलमान खान शुक्रबार जन्मदिन मनाउँदैछन् । उनी ५९ वर्षका भए ।

सलमानले गएराति परिवारका सदस्य र आफू निकट बलिउडकर्मीबीच जन्मदिन मनाएका छन् । सार्वजनिक भिडियो र तस्वीरमा उनले केक काट्दै उपस्थितलाई खुवाएको देख्न सकिन्छ ।

पार्टीमा सोहेल खान, आयुष शर्मा, युलिया वन्तुर, अरबाज खान, शुर खान, बबी देओल, निर्वाण पनि देखिएका थिए । सलमानले तीन दशकभन्दा लामो अभिनय करिअरमा ८५ फिल्ममा अभिनय गरेका छन् ।

















