खाेज्नुहाेस

काठमाडौँ आइपुगे सोनु निगम

Image

काठमाडौँ- चर्चित भारतीय गायक सोनु निगम काठमाडौँ आएका छन् । क्रिसमसका अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगितिक प्रस्तुति दिन उनी काठमाडौँ आइपुगेका हुन् ।

navjiwan hospital

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे । यातायात रिजेन्सी होटलको मैदानमा आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सर्टमा सहभागी हुन आएका उनलाई आयोजकले नेपाली ढाका टोपीले स्वगत गरेका छन् ।

attariya hospital

आयोजकका अनुसार उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् । निगमको कन्सर्टमा झण्डै १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । उनी बहीबार बेलुका भारत फर्किने तयारी छ ।