एजेन्सी- भारतीय सिनेमाका प्रसिद्ध फिल्म निर्देशक, पटकथा लेखक तथा निर्माता श्याम बेनेगलको निधन भएको छ । उनको ९० वर्षको उमेरमा सोमबार मुम्बईमा निधन भएको हो ।

७ पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका बेनेगलका फिल्महरूले भारतीय सिनेमालाई उत्कृष्ट अभिनेताहरू दिए । जसमध्ये नसिरुद्दीन शाह, ओम पुरी, अमरीश पुरी, अनन्त नाग, शबाना आजमी, स्मिता पाटिल र छायांकनकर्ता गोविन्द निहलानी छन् ।

जवाहरलाल नेहरू र सत्यजित रेमाथि डकुमेन्ट्री बनाउनुका साथै उनले दूरदर्शनका लागि यात्रा, कथा सागर र भारत एक खोज सिरियलहरू पनि निर्देशन गरेका थिए ।


















