खाेज्नुहाेस

तबलावादक उस्ताद जाकिर हुसैनको निधन

Image

एजेन्सी- विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन भएको छ । अमेरिकाको सान फ्रान्सिस्कोको अस्पतालमा ७३ वर्षीय हुसैनको आज बिहान निधन भएको हो ।

navjiwan hospital

फोक्सोसम्बन्धी रोगको उपचारका क्रममा उनको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको निधनले सितार र तबलालगायतका वाद्यवादन क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

attariya hospital

उस्ताद जाकिर १९८८ मा पद्मश्री पदकद्वारा विभूषित भएका थिए । त्यसपछि उनले २००२ मा पद्मभूषण र २०२३ मा पद्म विभूषण पाएका थिए ।  सन् १९५१ मार्च ९ मा भारतको मुम्बईमा जन्मिएका जाकिरका पिता अल्लाहरक्खा कुरैशी पनि तवला बादक थिए ।