काठमाडौँ- गायिका स्मिता दाहाल शुक्रबार वैवाहिक बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी सायुज्य श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । स्मिता पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी नातिनी हुन् ।

विबाह मुलपानीस्थित नर्लिङ रिसोर्टमा भएको बताइएको छ । वैवाहिक समारोहमा कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, जितु नेपाल, केदार घिमिरेलगायतका साथै परिवारका सदस्य र आफन्तहरुको सहभागिता रहेको बताइएको छ ।

प्रचण्डकी छोरी गंगा दाहालकी छोरी स्मिताले गाएका ‘मायालु तिमी कता छौ’ लगायत गीत चर्चित छन् ।

















