खाेज्नुहाेस

नागा चैतन्य र शोभिता धुलिपालाले गरे विवाह

Image

मुम्बई- दक्षिण भारतीय (साउथ) अभिनेता नागा चैतन्य र शोभिता धुलिपाला विवाह बन्धनमा बाँधिएका छन् । दुवैले परम्परागत विवाह गरेका हुन् ।

navjiwan hospital

सन् १९७६ मा नागा चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले स्थापना गरेको हैदराबादको एउटै अन्नपूर्ण स्टुडियोमा जोडीले विवाह गरेका थिए । विवाहको तस्वीर चैतन्यका पिता अभिनेता नागार्जुनले सेयर गरेका छन् ।

attariya hospital

तस्वीर सेयर गर्दै नागार्जुनले लेखेका छन्, ‘शोभिता र नागालेसँगै यो सुन्दर अध्याय सुरु गरेको देख्नु मेरो लागि विशेष र भावुक क्षण हो । मेरो प्यारो छोरालाई बधाई छ र प्रिय शोभितालाई परिवारमा स्वागत छ । तिमीहरूले हाम्रो जीवनमा धेरै खुसी ल्याएका छौ ।’ नागा र शोभिताले अगस्टमा इन्गेजमेन्ट गरेका थिए ।