खाेज्नुहाेस

‘पुष्पा–२’ ले पहिलो दिन नै दुई सय करोड कमाउने प्रक्षेपण

Image

मुम्बई– यही डिसेम्बर ५ अर्थात मंसिर २० गते बिहीवारदेखि प्रदर्शन हुन लागेको दक्षिण भारतीय फिल्म ‘पुष्पा २ द रुल’ ले प्रि–थिएटर रिलिजमै एक हजार करोड भारतीय रुपैयाँ कमाएको खबर बाहिरिएको छ । यो आँकडा अनुसार यो फिल्मले सिनेमा हलमा प्रदर्शन भएको पहिला दिनमै एक सयदेखि दुई सय करोड भारु बराबरको ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ ।

navjiwan hospital

यसैबीच, यो फिल्म प्रदर्शनमा आउनुअघि नै यसको ओटीटी रिलिजको अपडेट पनि आएको छ । स्ट्रिमिङ अपडेट्सको एक्स पेजमा सेयर गरिएको पोष्टमा यस्तो लेखिएको छ– ‘पुष्पा २ द रुल’ को डिजिटल अधिकार नेटफ्लिक्सले थियटर रिलिजपछि अधिग्रहण गरेको छ, तेलुगु, तमिल, कन्नड, मलयालम र हिन्दी भाषामा ।’

attariya hospital

यो जानकारीपछि प्रशंसकहरुले कति दिनपछि ओटीटीमा आउने हो भनेर सोधिरहेका छन्, तर यसका बारेमा भने कुनै पनि जानकारी अझै दिइएको छैन । भन्छि, ‘पुष्पा २’ का निर्माताले मुम्बईमा एक विशेष कार्यक्रमको आयोजना गरेका थिए, जसमा अल्लु अर्जुन र रश्मिका मन्डन्नाको पछिल्लो रिलिजसँग सम्बन्धित जानकारीको बारेमा खुलासा गरिएको थियो । जसअनुसार ‘पुष्प २’ विश्वव्यापी १० हजार स्क्रिनमा नभई १२ हजार स्क्रिनमा रिलिज हुनेछ ।

त्यसैले पनि १२ हजार स्क्रिनमा रिलिज हुन लागेको ‘पुष्पा २’ यस वर्षकै सबैभन्दा ठूलो फिल्म बन्ने अपेक्षा गरिएको छ । उल्लेखनीय कुरा के छ भने फिल्मको अग्रिम बुकिङ नोभेम्बर ३० बाट प्रारम्भ भैसकेको छ । अहिले भने अधिकांश प्रशंसकहरुको ध्यान यो फिल्मको पहिलो दिनको कलेक्शन कति होला ? भन्नेमा केन्द्रित भएको छ ।