काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । गैरकानुनी रुपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो । पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ ।

प्रसाईंलाई यसपटक साइवर अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गलत भ्रम फैलाएको भन्दै प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्दै जिल्ला अदालत काठमाडौँबाट अनुसन्धानका लागि म्याद थप गरिरहेको छ ।