काठमाडौँ- चलचित्र ‘तेल भिसा’का निर्माता र निर्देशकविरुद्ध प्रहरीमा ठगीको उजुरी परेको छ । अमेरिका लैजान्छु भन्दै ठगेको आरोपमा उजुरी परेको हो ।
निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध ठगी गरेको दाबीसहित निवेदन परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । दुबै जना दम्पती हुन् ।
उनीहरु लामो समय अमेरिका बसेर नेपाल फर्केका थिए । उनले बनाएको चलचित्र तेल भिसा मंसिर ७ देखि प्रदर्शनमा आउँदै छ ।