खाेज्नुहाेस

पूर्णबहादुरको सारंगीले एक हप्तामै कमायो ८ करोड २५ लाख

Image

काठमाडौँ- चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले एक हप्तामै आठ करोड २५ लाख रुपैयाँ कमाएको छ । चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार विजय बरालले हालसम्म चलचित्रले बक्स अफिसमा प्रदर्शनमा आएको एक हप्तामै आठ करोड २५ लाख रुपैयाँ सङ्कलन गरेको बताए ।

navjiwan hospital

बरालले हिजो काठमाडौँ उपत्यकामा १८० र उपत्यका बाहिरका २०० गरी देशभरका ८९ हलमा ३८० भन्दा बढी ‘शो’ पाएको जानकारी दिए । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्ड समेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको छ ।

attariya hospital

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा बराल मुख्य भूमिकामा छन् भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वयम केसी, जान्वी पौडेल लगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् । गन्धर्व परिवारको कथावस्तुमा आधारित यो चलचित्रले एउटा बुवाले छोराको सफलताका लागि गरेको सङ्घर्षको कथा समेटेको छ ।