काठमाडौँ- अभिनेत्री स्वस्तिमा खड्का क्रिकेट टीम कर्णाली याक्सकी प्रवर्धन दूत घोषित भएकी छन् । खड्कालाई ‘फेस अफ द कर्णाली याक्स’को रुपमा नियुक्त गरिएको छ । बुधबार हिल्टन होटलमा आयोजित समारोहमा कर्णाली याक्सले स्वस्तिमालाई दूतको रुपमा चिनाएको हो ।

यो टीमले नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दैछ । ८ टोलीले भाग लिने लिग मंसिर १६ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।

स्वस्तिमाले पनि यसबारे सामाजिक सञ्जालबाट जानकारी दिएकी छन् । पछिल्लो समय आफू खेल हेरेर रमाउन थालेको बताउँदै स्वस्तिमाले जानीनजानी खेलसँग जोडिएको अनुभव बाँडेकी छन् ।

















