खाेज्नुहाेस

रमेश बिजुली र झरना बोहराको अभिनयमा ‘रैबार लैजा ईन्द्रा’ गीत सार्वजनिक 

Image
अत्तरिया –  चर्चित लोक दोहोरी गायिका पूर्णकला बिसी र प्रकाश जेठाराको स्वरमा ‘रैबार लैजा ईन्द्रा’ बोलको गीत रमेश बिजुली बिसी (डाइरेक्टर) को युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।
attariya hospital
navjiwan hospital
रमेश बिजुली बिसीको निर्देशनमा रहेको उक्त देउडा गीतमा निर्देशक रमेश बिजुली बिसी र झरना बोहराको अभिनय गरेका छन्।सुदूरपश्चिमको मौलिक पन झल्कने देउडा गीतको प्रेम मल्लको उत्कृष्ट शब्द रहेको छ भने उक्त गीतको सङ्गीत सृजना प्रकाश जेठाराले  गरेका हुन्।  पछिल्लो समयमा सामाजिक सञ्जाल टिकटक र फेसबुकको रिलहरू उल्लेख्य सहभागिता रहेको रैबार लैजा ईन्द्राको गीत राम्रो नै बनेको निर्देशक रमेश बिजुली बताउँछन् ।
यस पटक पनि उनीहरूले माया प्रेमका कथा बेथालाई देउडा गीत मार्फत देखाउन खोजेका छन् । यस गीतको म्युजिक भिडियो पर्यटकीय क्षेत्र सँगै सुदूरपश्चिमको झल्को दिने गरी कैलालीको गोदावरी, अत्तरियामा छायाङ्कन गरिएको हो। उक्त गाउँ परिवेशलाई भिडियोमा कैद गरी छायाङ्कन गरिएको छ।