काठमाडौँ- गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ । प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार पारेका हुन् ।
गीतमा शब्द र संगीत श्रेष्ठकै छ । अमेरिका बसोबास गर्दै आएका श्रेष्ठले नेपाली गीतरसंगीतलाई अगाध प्रेम गर्दै आएका छन् । गीतमा स्मारिका ढकाल, मुकुन्द भट्ट र रिता सिवाकोटीको मुख्य अभिनय रहेको छ । म्युजिक भिडियोमा काठमाडौँ उपत्यकाका रमणीय र पर्यटकीय स्थल कैद गरिएका छन् । ढकाल र भट्ट पछिल्लो पुस्ताका चलेका मोडल हुन् ।


गीतलाई प्रवीण थापाले निर्देशन गरेका छन् । गीतमा कृष्ण बजुरालीको एरेन्ज, महेश महेराको छायांकन, अमृत चापागाईंको सम्पादन र रङ संयोजन रहेको छ । गीतको सहायक निर्देशन अमृत भट्टराईले गरेका छन् । प्रितम श्रेष्ठको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गीतलाई युट्युव र टिकटकमा निकै रुचाइएको छ ।
श्रेष्ठले यसअघि पनि थुप्रै कर्णप्रिय गीत प्रस्तुत गरिसकेका छन् । यस पटक उनले नेपाली लोकसंगीतमा सशक्त गीत ल्याएको र उक्त गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको मोडल भट्टले बताए । देश बाहिर रहेर पनि नेपाली गीतरसंगीतलाई श्रेष्ठले गरेको माया निकै सम्मान योग्य रहेको उनको भनाइ छ ।
श्रेष्ठको शब्द रचना र शान्तिश्री परियारको स्वरमा रहेको एआइबाट गाइएको माथिमाथि माया बग्छ गीतले पनि यसअघि स्रोताको मन जितेको थियो । मायालु पनि उनको रुचाइएको गीतमा पर्छ ।

















