खाेज्नुहाेस

सुदूरपश्चिमका पन्त निर्देशित ‘ह्रस्व-दीर्घ’ ३० गते प्रदर्शन हुँदै

Image

धनगढी- सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुने भएको छ । निर्देशक पन्तले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै नेपाल र भारतका लोकप्रिय कलाकारहरूले अभिनय गरेको फरक कथावस्तुका साथ चलचित्र ह्रस्व दीर्घ प्रदर्शनमा आउन लागेको बताए ।

navjiwan hospital

ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको चलचित्र नेपाल र भारत लगायत विभिन्न देशमा नेपाली, हिन्दी र अन्य भाषामा पनि प्रदर्शन हुने निर्देशक उनले बताए । अभिनेत्री विपना थापा पनि लामो समयपछि यही फिल्ममार्फत् फेरि देखिँदैछिन् ।

attariya hospital

चन्द्र पन्तको निर्देशन रहेको यस चलचित्रमा हरिहर र नीतासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्रकार, सरोज खनाललगायतको अभिनय छ ।