खाेज्नुहाेस

‘सलमानलाई ९० को दशकदेखी आउँथ्यो धम्की’

Image

मुम्बई । सलमान खानलाई लामो समयदेखि लरेन्स ग्याङबाट धम्की आइरहेको छ । एक हप्तामा उनलाई दुई वटा धम्की दिइएको छ । यसैबिच उनकी पूर्व प्रेमिका सोमी अलीले सलमानलाई ९० को दशकदेखि अन्डरवर्ल्डबाट धम्की आइरहेको बताएकी छन् । एकपटक अन्डर वर्ल्डका एक व्यक्तिले ल्यान्डलाइनमा फोन गरेर सलमानकी प्रेमिका सोमीलाई अपहरण गर्ने धम्की दिएका थिए ।

हालै आईएएनएसलाई दिएको एक अन्तर्वार्तामा सोमी अलीले आफू पहिले सलमानसँग ग्यालेक्सी अपार्टमेन्टमा बस्ने बताइन् । एक दिन उनी घरमा एक्लै थिइन्, ल्याण्डलाइनमा अन्डरवर्ल्डबाट फोन आयो । बेडरूमको ल्यान्डलाइनमा फोन आएको उनले बताइन् ।

attariya hospital
navjiwan hospital

‘एकजना मान्छेले सोधे, को कुरा गर्दै हुनुहुन्छ ? मलाई पाकिस्तानमा बस्दा नम्रतापूर्वक बोल्न सिकाइएको थियो। मैले जवाफ दिएँ, कसको कुरा गर्दै हुनुहुन्छ ? ती व्यक्तिले सोधे भाइ कहाँ छन् ?’ मैले भने, ‘सलमान साहब सुटिङमा जानुभएको छ । ती व्यक्तिले थपे– उनलाई भन कि हामी सोमी अलीलाई लैजान्छौँ । उनलाई थाहा छ हामी को हौँ। उसलाई थाहा छ हामी अन्डर वर्ल्डका हौँ। म धेरै डराएकी थिएँ, किनभने दिव्या (दिव्या भारती) ले मलाई उनीहरु माफियाजस्तै भएको बताएकी थिइन् ।’

सोमीका अनुसार जब उनले सलमानलाई त्यो कलको बारेमा बताइन्, तब उनले सोमीलाई यी मुद्दाहरूबाट टाढा रहन सल्लाह दिए। सोमीले भनिन्, ‘सलमानले मलाई यी कुराबाट टाढा राख्थे । मैले सलमानलाई यसबारे सोधेको पनि थिएँ । उनले ‘सोमी, तिमीलाई यसबारे जानकारी नभएकोले राम्रो भयो। यो तिम्रो लागि सुरक्षित हुनेछ। सलमानले मलाई सधैं यी सबैबाट टाढा राखे।

सोमीका अनुसार त्यतिबेला जताततै अन्डरवर्ल्डको खबर थियो । हरेक दिन हिरोइनलाई फिल्म नदिए सुपारी दिने धम्की आएको खबर आएको थियो ।