बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीमा महिला कर्मचारीलाई महिनावारी बिदा

बैतडी- बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीले महिला कर्मचारीहरुलाई महिनावारी भएको समयमा बिदा दिने निर्णय गरेको छ । स्वास्थ्य चौकीका प्रमुख सुरेश सार्कीका अनुसार स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

maya metro hospital

महिनावारी भएको समयमा महिलाहरुलाई आरामको आवश्यकता पर्ने भएकाले बिदाको व्यवस्था मिलाएको उनले बताए । पञ्चेश्वर स्वास्थ्य चौकीमा ८ जना स्वाथ्यकर्मी तथा कर्मचारीमध्ये ६ जना महिला छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.