मालिकार्जुन अत्तरिया र सुदूरपश्चिम होस्टेल कञ्चनपुर टी– ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश 

maya metro hospital
बेलौरी – कञ्चनपुर टी – ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा कैलालीका दुई टिम भिड्ने भएका छन् । आज भएको सेमिफाइनलमा विजय हुँदै सुदूरपश्चिम होस्टेल धनगढी  र मालिकार्जुन हार्डवेयर अत्तरिया फाइनल प्रवेश गरेका हुन ।
attariya hospital
आज  बिहान भएको पहिलो सेमिफाइनल सुदूरपश्चिम होस्टेल धनगढीले सुप्रीया सुपरफास्ट भुडालाइ २८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
टच जितेर पहिले ब्याटिङ गरेको धनगढीले १९.१ ओभरमा १० विकेट गुमाउँदै १३६ रन बनाएको थियो । १३७ रनको लक्ष्य पाएको भुडाले १७.१ ओभरमा आफ्ना सबै विकेट  गुमाउँदै १०८ रन बनाउन सक्यो । उक्त खेलमा सुदूरपश्चिम होस्टेल धनगढीका सचिन भट्ट म्यान अफ द म्याच भएका थिए । भट्टले ब्याटिङ गर्दै १७ र बलिङ गर्दै ४ ओभरमा २१ दिँदै ३ विकेट लिएका थिए ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा मालिकर्जुन हार्डवेयर प्रालि अत्तरियाले खप्तड इण्डोर स्पोर्ट्स सेन्टर महेन्द्रनगरलाई ९७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
टच जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । १८३ रनको लक्ष्य पाएको महेन्द्रनगरले १२.४ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्र जोड्न सफल भयो । उक्त खेलमा मालिकार्जुन अत्तरियाका अशोक धामी म्यान अफ द म्याच भएका थिए । उनले ब्याटिङ गर्दै ४५ रन र बलिङमा ३ विकेट हात पारेका थिए ।
प्रतियोगिताको फाइनल आइतबार दिउँसो १२ बजेदेखि हुने छ। असोज २४ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टिम सहभागी थिए ।
प्रतियोगिताको विजेता टिमले  १ लाख र उपविजेता टिमलाई  ५० हजार नगद सहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिज हुने खेलाडीले १० हजार सहित ट्रफी पाउने छन्  ।त्यस्तै वेस्ट ब्याट्सम्यान र बलरलाइ ५ हजार सहित ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १ हजार सहित ट्रफी प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.